काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरान पूर्ण युद्धविरामका लागि सहमत भएको घोषणा गरेका छन् । मङ्गलबार बिहान सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले युद्धविराम सहमति भएको बताएका हुन् ।
ट्रम्पले बन्दी फुकुवाबाट युद्धविरामको काम सुरु भएर २४ घण्टा भित्रमा सम्पूर्ण रूपमा युद्ध अन्त्यको घोषणा हुने बताए । इरान र इजरायलले भने युद्धविराम भएको कुराको पुष्टि गरेका छैनन् ।
राष्ट्रपति ट्रम्पले घोषणा गरेकै समयमा फक्स न्युजमा अन्तरवार्ता दिइरहेका अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानले आणविक हतियार बनाउने नसक्ने भएपछि युद्धविराम भएको बताएका छन् ।
सबैलाई बधाई छ, इजरायल र इरानबीच पूर्ण र सम्पूर्ण युद्धविरामको सहमति भइसकेको छ (झन्डै ६ घण्टापछि, जब दुबै देशले आफ्ना अन्तिम सैन्य अभियानहरू पूरा गर्छन्), १२ घण्टाको लागि युद्ध विराम हुनेछ । त्यसपछि युद्ध अन्त्य भएको मानिने छ।’ उनले भनेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)