विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राईले प्रदेश सरकारले झुरेष्ट बजेट ल्याएको दाबी गरेका छन् । संसदमा बजेटमाथि छलफलको क्रममा सोमबार उनले प्रदेश सरकारले झुर( बेकामको, रद्दी) बजेट ल्याएको बताएका हुन् ।
‘समग्रताको मुल्याङ्कनको आधारमा यो झुरेष्ट बजेट हो,यो इतिहासमा कहिल्यै आएको थिएन,अब पनि आउन सक्दैन,’ उनले भने,‘ आउन सक्छ कसरी भने उहाँहरु नै फेरि ल्याउँदा यो भन्दा झुर ल्याउन सक्नु हुन्छ, तर अरुले यस्तो ल्याउन सक्दैन ।’
पूर्वमुख्यमन्त्री राईले प्रदेशको बजेटलाई बेकामे भन्दा मुख्यमन्त्री हिक्मतकुमार कार्की सदनमै थिए । एमाले विद्यार्थी संगठन अखिलको राजनीति सँगै गरेका सहकर्मीले बजेटमाथि आलोचना गर्दा मुख्यमन्त्री कार्कीले मुख अध्यारो बनाएका थिए ।
राईले प्रदेशमा १० वटा प्रहरी भवन बनाउने मध्ये खोटाङमा ६ र झापामा ४ वटा योजना राखिएको बताए । अन्य क्षेत्रको प्रहरी भवनका लागि बजेट नराखेको बताए । ‘एकदमै असन्तुलन देखियो, १० वटा दुई वटामा मात्रै बाढ्ने त, यो त उदाहरण मात्रै हो,’ उनले भने,‘… यो असन्तुलनको एउटा नमुना हो, गैर जिम्मेवारी पन र केटाकेटी पनको पनि नमुना हो ।’
उनका अनुसार भौतिक पूर्वाधार मन्त्रालयको बजेट भौतिक पुर्वाधार मन्त्री भुपेन्द्र राईको जिल्लामा १ अर्ब र मुख्यमन्त्रीको जिल्लामा डेढ अर्बको बजेट गएको बताए । उनले अहिलेको जस्तो बजेटको असन्तुलन पहिले कहिल्यै नभएको बताए ।
पुरानो चलन अनुसार धेरै खाए खति हुन्छ है,’ उनले भने,‘.. अजिङ्गरले सबै सासले सोरेर तान्छ, त्यसैले मृत्यु पनि हुन्छ भन्छन् ।’
उनले मन्त्रीले आफ्नो कार्यक्षेत्र नचिनेको बताए । ‘ कानुन मन्त्रीले आफ्नो कार्यक्षेत्र चिनेनन्, सडक बनाउने योजना तीन वटा हाल्नु भएको छ, पुल बनाउने एउटा योजना छ,’ उनले भने,‘ कार्य विभाजनमा यस्तै छ ? ’ उनले नियमावलीले यसरी बजेट छुट्याउन नदिने बताए । मन्त्रालयहरुले आफ्नो कार्यक्षेत्र बाहिर गएर बजेट खर्च गरेको उनले दाबी गरे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)