दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले लग्यो बालिकाको शव

Satya Sanchar सत्य सञ्चार

विराटनगर । संखुवासभामा दाहसंस्कारको तयारी भइरहेका बेला प्रहरीले बालिकाको शव नियन्त्रणमा लिएको छ । भोटखोला गाउँपालिका–४ की ६ वर्षीया युनिका तामाङको शव नियन्त्रणमा लिएको हो । प्रहरीले अभिभावकलाई समेत पक्राउ गरेको छ ।

संखुवासभा प्रहरीका सूचना अधिकारी, इन्स्पेक्टर अभिषेक श्रेष्ठका अनुसार बालिकाका बुवा गोपाल तामाङ र काकी कल्पना तामाङलाई नियन्त्रणमा लिइएको छ । बालिकाको शवलाई जिल्ला अस्पताल खाँदबारीको शवगृहमा राखिएको छ ।

गत वैशाख ३० गते गोपाल र उनकी भाइबुहारी कल्पनाबीच घरायसी विवादमा झगडा भएको थियो । त्यस क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको सूचना आएपछि बालिकाको शव नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

त्यसबेला लडेर घाइते भएकी युनिकालाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा बालिकाको बुधबार मृत्यु भएको थियो । मृत्यु भएपछि अभिभावकले शव दाहसंस्कारका लागि घरतिर लिएर जाँदै थिए । घर लैजाँदै गर्दा प्रहरीले शवसहित बालिकाका बुवा र कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, १० जेठ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.