यो वर्ष सरदरभन्दा बढी वर्षाको सम्भावना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । यो वर्ष सरदरभन्दा बढी वर्षा र गर्मी हुने सम्भावना अनुमान गरिएको छ । यस वर्षको मनसुन अवधिमा नेपालका हिमाली जिल्लाहरूमा सरदरभन्दा बढी वर्षाको सम्भावना गरिएको हो । हिउँ पर्ने ठाउँमा वर्षा र गर्मी सरदरभन्दा बढी हुने संकेतलाई विज्ञहरूले चिन्ताजनक मानेका छन् ।

जल तथा मौसम विज्ञान विभागले सार्वजनिक गरेको २०८२ सालको मनसुन प्रक्षेपण नक्सामा मधेश प्रदेशका केही भूभागमा मात्र सरदर वर्षा हुने अनुमान छ । सरदरलाई हरियो रंगले संकेत गरिएको छ । तर, पूर्वदेखि पश्चिमसम्मका अरू सबै भूभागमा हल्का नीलो र गाढा नीलो रंग देखिन्छ । यसले ती क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको संकेत गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार सरदरभन्दा बढी वर्षा हुने सम्भावना हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा समेत देखिनु चिन्ताजनक विषय हो ।

नेपालको भौगोलिक बनावट अनुसार हिमाली र पहाडी क्षेत्रबाट पर्ने पानी बगेर तल झर्ने भएकाले त्यसले तराईमा उच्च जोखिमको सम्भावना देखाएको छ ।

विज्ञहरूका अनुसार हिमाली क्षेत्र जलवायु परिवर्तनको असर छ । हिउँ पर्ने ठाउँमा पानी पर्ने र तापक्रम वृद्धिको असरले जमिनमा हिउँ रहिरहने अवधि घट्ने र हिमताल र पोखरीहरू फुट्ने जोखिम हुन्छ । २०८२ सालको मनसुन प्रक्षेपणले नेपालको हिमाली क्षेत्र झन् बढी जोखिममा पर्ने सम्भावना देखिनु चिन्ताजनक भएको भूगर्भविद डा बसन्तराज अधिकारीले बताएका छन् ।

प्रकाशित मिति: बिहिबार, ०९ जेठ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.