विराटनगर । प्रेमको प्रतिक मानिने ढुकुरको नाम जोडेर मोरङको सुन्दरहरैँचा नगरपालिकाले उत्कृष्ट दम्पतीको खोजी सुरु गरेको छ । समाजमा मिलेर बसेका उत्कृष्ट दम्पतीलाई सम्मानका लागि सुन्दरहरैँचाले ढुकुर जोडीको खोजी सुरु गरेको हो ।
सुन्दरहरैँचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईंका अनुसार, पालिकाले हरेक वडाबाट १–१ उत्कृष्ट दम्पतीलाई नगदसहित ‘ढुकुर जोडी’ सम्मान प्रदान गर्नेछ । सुन्दरहरैँचामा १२ वटा वडा छन् ।
हरेक वडाका उत्कृष्ट ढुकुर जोडीको तस्वीर वडा कार्यालयमा १ वर्षसम्म राखिने उनले बताए । ‘समाजमा परिवार विघटनका घटनाहरू बाहिर आइरहेका छन्, राम्रा जोडी छन् भन्ने सन्देश दिनका लागि ढुकुर जोडी खोजी गर्दैछौं,’ उनले भने, ‘परिवारमा राम्रो सेवा गर्ने उत्कृष्ट दम्पतीलाई पुरस्कृत गर्ने योजना हाम्रो हो ।’
पारिवारिक मेलमिलाप र सभ्य परिवार निर्माणका लागि पालिकाले पहिलो पटक यो अभियान सञ्चालन गरेको उनले बताए ।
‘पारिवारिक सम्बन्ध कमजोर हुनेहरूलाई न्याय निरुपण गर्ने, अन्य हिसाबले काउन्सिलिङ गर्ने कुरा एउटा पक्ष भयो,’ उनले भने, ‘समाजमा राम्रो गर्नेलाई प्रोत्साहित गरियो भने कमिकमजोरी गर्नेमा पनि चेतना आउँछ भन्ने हिसाबले सुरु गरेका छौं ।’
निवेदन परेपछि मापदण्ड पूरा गर्ने जोडीका विषयमा नगरपालिकाको महिला तथा बालबालिका शाखाले अध्ययन गर्नेछ । अध्ययनपछि उत्कृष्ट जोडीलाई नगद, प्रशंसापत्रसहित सम्मान गर्ने योजना रहेको गुरागाईंले बताए ।
नगरपालिकाले सूचना जारी गर्दै उक्त कार्यक्रमका लागि निवेदन पेस गर्न आग्रह गरेकाे छ । उक्त सूचनामा न्यायिक समितिमा पती पत्नीबीचको झगडाका मुद्दा दैनिक बढ्दै आएपछि यस्तो कार्यक्रम गर्न लागिएको उल्लेख गरिएको छ ।
‘पछिल्लो समयमा सुन्दरहरैंचा नगरपालिकाको न्यायिक समितिमा पती पत्नी बीचको झै–झगडा, इज्जत आमद अनुसार खान लाउन पाउँ, लैंगिक हिंसा, गाली बेईज्यती सम्बन्धी मुद्दा दिन प्रतिदिन बढ्दै आएको हुदाँ त्यस्ता मुद्दालाई न्युनीकरण गर्नका लागि…’, सूचनामा भनिएको छ ।
यस्ता छन् ‘ढुकुर जोडी’ छनोटका लागि नगरपालिकाले बनाएको १२ मापदण्ड
१) कम्तीमा विवाह भएको १० वर्ष पूरा गरेको हुनुपर्ने ।
२) श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनुपर्ने ।
३) विवाह दर्ता गरेको हुनुपर्ने ।
४) स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिका बसोबास गरेको हुनुपर्ने ।
५) छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने ।
६) नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने ।
७) विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।
८) निरन्तर रूपमा संयुक्त परिवारमा (बुवा वा आमारसासू वा ससुरासँग) बसेको हुनुपर्ने । अलग भिन्न नभएको ।
९) बुवाआमा वा सासूससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।
१०) हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरूमा वा समाजमा श्रीमान्–श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।
११) निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दाबढी नबसेको ।
१२) माथि उल्लेखित शर्तहरू पूरा हुने कागजात फारमसहित पेश गर्नुपर्ने ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (1,540)
जीवन विकासले बोलायो साधारणसभा (1,488)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (1,453)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (1,407)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (1,359)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (1,266)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (708)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (676)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (667)