गभर्नर पौडेलले सम्हाले कार्यभार, पहिलाे निर्णय नयाँ नाेट छाप्ने

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नवनियुक्त गभर्नर प्राडा विश्वनाथ पौडेलले नेपाल राष्ट्र बैंक पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथग्रहण लगत्तै बालुवाटारस्थित राष्ट्र बैंकको कार्यालय पुगेर गभर्नर पौडेलले पदभार ग्रहण गरेका हुन् ।

उनी नेपालको १८ औं गभर्नर हुन् ।

मंगलबार बिहान बसेको गभर्नर सिफारिस समितिको बैठकले गरेको सिफारिसअनुसार मंगलबार नै बसेको मन्त्रिपरिषद् बैठकले उनलाई केन्द्रीय बैंकको जिम्मेवारी दिने निर्णय गरेको थियो ।

पदभार ग्रहणपछि उनले पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णयमा पहिलाे हस्ताक्षर गरे ।

पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए ।  ‘मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो,’ उनले भने,’ सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जानेछौं ।’

प्रकाशित मिति: बुधबार, ०८ जेठ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.