काठमाडौं । सरकारले प्राध्यापक डाक्टर विश्वनाथ पौडेललाई राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले अर्थशास्त्री पौडेललाई राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको हो ।
पौडेल नेपाली कांग्रेसको कोटाबाट गभर्नर नियुक्त भएका हुन् । २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी कांग्रेसबाट चितवन निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवार बनेका उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरि ढकालसँग पराजित भएका थिए ।
गभर्नरको पदावधि सकिन एक महिना अघि नै गभर्नर नियुक्त गर्नुपर्ने प्रावधान छ । तर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति नहुँदा रिक्त भएको करिब दुई महिनापछि गभर्नर नियुक्त गरेको हो ।
मंगलबार दुई दलबीचको सहमति पछि बसेको गभर्नर सिफारिस समितिले पौडेलसँगै डेपुटी गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम गभर्नरका लागि सिफारिस गरेको थियो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)