विराटनगर । कोशी प्रदेशको प्रदेशसभा बैठकमा सहभागी हुन आउने क्रममा सवारी दुर्घटना हुँदा चार जना सांसद घाइते भएका छन् । सोमबार दिउँसो ३ बजेबाट सुरु प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेका छन् ।
सोही बैठकमा सहभागी हुनका लागि पाँचथरकी कांग्रेस सांसद मैया श्रेष्ठ लावती, झापाका एमाले सांसद राधाकृष्ण खनाल र नम्बरलाल धिमाल र मोरङकी नेकपा एकिकृत समाजवादी पार्टी सांसद विद्या चाम्लिङ एउटै गाडीमा विराटनगर आउँदैथिए । यो गाडी पाँचथरकी सांसद मैया श्रेष्ठको हो ।
विराटनगर आउने क्रममा पूर्वपश्चिम राजमार्गको कानेपोखरीको जंगलमा दुर्घटना भएको हो ।‘बैठकका लागि आउदैथियौ., हाम्रो गाडी दुर्घटना भयो,’ सांसद चाम्लिङले भनिन्,‘ जिउ दुखिरहेको अहिले अस्पताल जाँदैछौं, बैठकमा जान सकिएन् ।’
उनका अनुसार विपरित दिशाबाट आउँदै गरेको कारसँग ठोक्कीदा गाडी सडकमा पल्टीएको थियो ।‘ पश्चिमबाट आउँदै गरेको कार डिएसपीले चलाएका रहेछन्, भित्रबाट हामीले ए ए ए भन्दाभन्दै कारले ठोक्कायो,’ उनले भनिन्,‘ हामी ३–४ बल्ड्याङको पल्टियौं । कसरी पो बाचियो ।’
अर्काे कार जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत डीएसपी खगेन्द्र खड्काले चलाएका थिए । उनी पनि सामान्य घाइते भएका छन् । सांसद सवार गाडीका चालक भेसराज श्रेष्ठ पनि सामान्य घाइते भएका छन् ।
दुई वटै गाडीमा सवारको अवस्था सामान्य रहेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षब बेदप्रकाश जोशीले जानकारी दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,623)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)