रतुवामाईमा मोटरसाइकल दुर्घटना : आमाको मृत्यु, छोरा प्रहरी नियन्त्रणमा

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको रतुवामाई नगरपालिका – ६ त्रिवेणी चोकमा मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

आइतबार साँझ भएको दुर्घटनामा मोटरसाइकल पछाडि बसेकी रतुवामाई नगरपालिका–५ की ४५ वर्षीया भवानी मेहताको मृत्यु भएको हो । मोटरसाइकल उनका छोरा रमेशले चलाएका थिए ।

प्रहरीका अनुसार आमबारीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश १–०२–०४५ प ९०६० नम्बरको मोटरसाइकल आइतबार साँझ रतुवामाई–६ त्रिवेणी चोकमा कुकुरलाई जोगाउन खोज्दा आफैं अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार मेहता गम्भीर घाइते भएकी थिइन् । रंगेली अस्पताल पुर्याउनसाथ साँझ ७ः१० बजेतिर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक मृतकका छोरा २३ वर्षीय रमेश मेहतालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: सोमबार, ०६ जेठ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.