विराटनगर । संखुवासभाकाे चैनपुरमा चट्याङ लागेर १ जना महिलाको मृत्यु भएको छ । ३ जना गम्भीर घाइते भएका छन् ।
चैनपुर नगरपालिका–१ मानेडाँडामा परेको चट्याङले लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको हो । हावाहुरीसँगै बुधबार अपरान्ह ४ बजेतिर चट्याङ परेको थियो । घरमै बसिरहेका बेला चट्याङले लागेर तामाङ गम्भीर घाइते भएकी थिइन् ।
उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएको थियो । प्राथमिक स्वास्थ्य केन्द्र पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएको प्रहरीले जनाएको छ । चट्याङले लागेर १५ वर्षीय प्रतीक तामाङ, १९ वर्षीय रिजन तामाङ र ४२ वर्षीया कल्पना तामाङ गम्भीर घाइते भएको संखुवासभाका निमित्त प्रहरी प्रमुख एवं इन्स्पेक्टर अभिषेक श्रेष्ठले बताए ।
चैनपुरमा सम्भव नभएपछि घाइतेहरुलाई थप उपचारका लागि जिल्ला अस्पताल खाँदबारी लगिएको छ । संखुवासभामा चट्याङले लागेर १ वर्षको अवधिमा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)