विराटनगर । कोशी प्रदेशमा पहिचान र व्यवस्थाविरुद्ध हुने गरेको आन्दोलनले सुरक्षा चुनौती थपेको छ ।
गृहमन्त्री रमेश लेखक र तीन वटै सुरक्षा निकायका प्रमुखहरूको उपस्थितिमा विराटनगरमा बुधबार दिनभर भएको प्रदेशस्तरीय सुरक्षा बैठकमा पहिचानको मुद्दा र व्यवस्थाविरुद्ध आन्दोलनले यहाँको शान्ति सुरक्षामा चुनौती थपेको निष्कर्ष निकालेको हो । प्रदेशको शान्ति सुरक्षाका लागि सचेत रहनुपर्ने सुरक्षा निकायका प्रमुखहरूले ब्रिफिङ गरेका छन् ।
‘ताप्लेजुङमा केबलकार बनाउनु हुन्न भन्ने वा त्यसलाई एक ढंगले लिनुपर्छ भन्ने कुरा पनि उठेका छन्,’ गृहमन्त्री लेखकले भने, ‘पूर्वराजावादीहरूले फेरि राजतन्त्र ल्याउने भनेर गरिरहेका गतिविधिहरूको पनि समीक्षा भएको छ ।’
संविधान र व्यवस्थाविरोधी गतिविधिलाई राजनीतिक रूपले पनि सामना गर्नुपर्ने र यसलाई प्रशासनिक हिसाबले पनि संविधानको रक्षा गर्ने, व्यवस्थाको रक्षा गर्ने काममा सरकार लाग्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए ।
प्रत्येक जिल्लाको सुरक्षाको ब्रिफिङ पनि प्रमुख जिल्ला अधिकारीले नै गृहमन्त्रीसहित सुरक्षा निकायका प्रमुखहरूलाई ब्रिफिङ गरेका थिए ।
पहिचान र व्यवस्थाविरुद्ध आन्दोलनबाहेक झापा, मोरङ र सुनसरी तराईका जिल्लामा हुने गरेको सीमावर्ती अपराधका घटनाले पनि सुरक्षा चुनौती थपिएको बैठकले निष्कर्ष निकालेको छ । लागुऔषध, सडक दुर्घटना, आत्महत्या, साइबर क्राइमलगायतको विषयमा छलफल भएको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)