विराटनगर । जिल्ला अदालत मोरङले नेकपा (एमाले)का लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीलाई पक्राउ नगर्न अर्को पत्र पठाएको छ । अदालतले फैसला गरेको बिगो बुधबार दाखिला गरेका कारण पक्राउ नगर्न जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई अर्का पत्र पठाएको हो ।
जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार कानुन व्यावसायी मार्फत प्रतिवादीले बिगो बापतको रकम बुधबार बुझाएका हुन् । बिगो बुझाएपछि पक्राउ नगर्नका लागि अर्को पत्र लेखिएको उनले बताए । उनका अनुसार देवानी मुद्दामा विगो बापतको रकम बुझाएका कारण कैदमा बस्नु पर्दैन ।
पन्थीका साथै सोही मुद्दामा अर्का प्रतिवादी गौतमबुद्ध हाइड्रो पावर प्रालिका सञ्चालक देवराज खनाललाई पनि पक्राउ नगर्न अदालतले पत्र पठाएको हो ।
अदालतले पठाएको पत्रमा भनिएको छ,‘उपर्युक्त सम्बन्धमा वादी श्याम राठी प्रतिवादी गौतमबद्ध हाइड्रोपावर प्रालिसमेत भएको व्यापारिक लेनदेन बिगो मुद्दामा यस अदालतबाट मिति २०८१–०१–३१ मा भएको आदेशअनुसार प्रस्तुत मुद्दामा वादीले पाउने गरी फैसलाले ठहर भएको बिगो रकम प्रतिवादीले यस अदालतमा मिति २०८१–१–३१ मा धरौटीमा दाखिला गरिसकेको हुँदा यस अदालतको च.नं. ३०१६ मिति २०८१।०३।१२ गतेको पत्र बमोजिम तपसिल बमोजिमका प्रतिवादीहरूलाई पक्राउ नगर्नु, नगराउनु हुन अनुरोध छ ।’
प्रहरीलाई पठाएको पत्रमा भने मिति फरक परेको सूचनाअधिकारी बुढाथोकीले बताए ।
यसअघि पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पक्राउ आदेश जारी भएको थियो । अदालतले २०८१ असार १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी उपस्थीत गराउन पत्राचार गरेको थियो ।
गौतमबुद्ध हाइड्रोपावरलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रालिले विद्युतीय सामाग्री उधारोमा उपलब्ध गराएको थियो । गौतमबुद्ध हाइड्रो पावर प्रालिले १८ लाख ५४ हजार रुपैयाँको सामान लगेको मध्ये पल्लवी इलेक्ट्रा प्रालिलाई ५ लाख रुपैयाँ मात्रै भुक्तानी गर्यो । बाँकी रकम नदिएपछि जिल्ला अदालत मोरङमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरेको थियो । २०७७ साल मंसिर २३ गते जिल्ला अदालत मोरङका न्यायाधिश मेदिनीप्रसाद पौडेलको इजलासले बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो । सो रकम नबुझाएपछि ६ महिना कैदका लागि अदालतले पक्राउ पुर्जी जारी गरेकाे थियाे ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)