परिणाममुखी नीति बनाउन माओवादीको सुझाव

Satya Sanchar सत्य सञ्चार

विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले परिणाममुखी नीति कार्यक्रम निर्माण गर्न प्रदेश सरकारलाई सुझाव दिएको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर माओवादी केन्द्रले परिणाममुखी नीति तथा कार्यक्रम बनाउन सुझाव दिएको हो ।

नीति तथा कार्यक्रम निर्माणकाे तयारीमा रहेका मुख्यमन्त्री कार्कीले प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका नेताहरुलाई छलफलका लागि बाेलाएका थिए ।

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले उद्यमशीलता,उत्पादन र रोजगारीलाई केन्द्रमा राखेर नीति कार्यक्रम निर्माण गर्न सरकारलाई सुझाव दिएको जानकारी दिए ।

माओवादी केन्द्रले युवाहरूलाई उद्यमशील बनाउने , आइटी क्षेत्रलाई बिशेष प्राथमिकता दिने, १४ वटा नमुना आवासीय विद्यालय निर्माण गर्ने, प्रदेश मातहतको अस्पतालको पुर्वाधार, स्वास्थ्य उपकरण,जनशक्तिको गुणात्मक सुधार गर्ने, बसाइँसराइ रोक्न पहाड र ग्रामीण क्षेत्र केन्द्रीत विशेष प्याकेज निर्माण गर्न सुझाव दिएको छ ।

रुग्ण र अलपत्र आयोजनालाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने, प्रदेशका ५६ वटा निर्वाचन क्षेत्रका शिक्षा, स्वास्थ्य, खानेपानी,सिंचाइ र सडकलाई प्राथमिकता राख्न सुझाव दिएको हो ।

त्यस्तै कृषिमा प्रोजेक्ट ऋण,स्टार्ट अप ऋण, कृषि उत्पादन र प्रशाेधन र बजारीकरणमा सहयोग गर्ने नीति बनाउन सुझाव दिएको छ ।

विपदबाट क्षतिग्रस्त भएका पुर्वाधार पुननिर्माण गर्ने, सहिद तथा बेपत्ता परिवारका लागि बाँकी क्षतिपूर्ति दिने र आवास निर्माणको विगतको कार्यक्रमलाई निरन्तरता दिन पनि सुझाव दिएको छ ।

प्रकाशित मिति: बुधबार, ०१ जेठ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.