विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशमा भइरहेको तस्करी तुरुन्त रोक्न निर्देशन दिएका छन् । प्रदेश स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले सीमा क्षेत्रबाट हुने तस्करी रोक्न निर्देशन दिएका हुन् । गोष्ठीमा १४ वटै जिल्लाका सुरक्षा प्रमुखहरु सहभागी छन् ।
‘तस्करी तुरुन्त रोक्नुहोस्, यसका लागि एक्सन प्लान बनाउनुहोस्,’ उनले भने,‘ सीमा क्षेत्रमा हुने तस्करीले अपराध बढाएको छ, राजस्व घटाएको छ ।’
केही मानिस रातारात गैरकानुनी ढंगले धनी हुने राज्यको राजस्व घट्ने अवस्था आएकाे उनले बताए । ‘आजको ३० दिन भित्र, १ महिना भित्र अनुभूति हुनेगरी, देखिनेगरी तस्करी रोकिनुपर्छ, तपाईहरुले एक्सन गर्नुहोस्,’उनले भने,’यदी तपाईहरुले रोक्ने काममा एक्सन गर्नुभएन भने गृहमन्त्रालय अर्काे एक्सनमा जान्छ ।’
विरानगरका निजी क्षेत्रको ठूलो गुनासो रहेको बताउँदै उनले तत्काल अनुभूति हुनेगरी तस्करी रोक्न निर्देशन दिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)