माेरङ कारागारकाे क्षमता बढ्याे

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला कारागार मोरङको कैदीबन्दी राख्ने क्षमता बढेकाे छ । नयाँ कारागार भवन उद्घाटन भएपछि कैदीबन्दी राख्ने क्षमता बढेकाे हाे । ३६ करोड १२ लाख ८५ हजार लागतमा निर्माण भएको भवन गृहमन्त्री रमेश लेखकले उद्घाटन गरेका हुन् ।

कारागार भित्र पुरुष सुधार गृह, महिला सुधार गृह, नेपाल प्रहरी भवन, सशस्त्र प्रहरी भवन, कारागार प्रशासन भवन, कारागार प्रमुखको आवास, सुरक्षा पोष्ट, नाला सडकलगायत संरचना निर्माण भएको छ ।

कारागार विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईका अनुसार नयाँ भवनसँगै पुरानो भवन पनि कैदीबन्दी राखिनेछ ।

कारागार विभागका महानिर्देशक भट्टराईका अनुसार नयाँ ब्लक निर्माण भएपछि मोरङ कारागारको क्षमता बढेको छ । नयाँ भवनमा २१८ जना पुरुष र ९९ जना महिला कैदीबन्दी राख्ने क्षमता छ । याेसँगै अब मोरङ कारागारकाे क्षमता ४६८ पुरुष र १५९ जना महिलासहित ६१७ पुगेको छ । यसअघि महिला पुरुष गरेर ३०० जना अटाउने क्षमता थियो । तर क्षमता भन्दा तीन गुणा बढी कैदीबन्दी राखिएको थियो । मंगलबार मोरङ कारागारमा कैदीबन्दीको संख्या ९३२ पुरुष र १०९ महिला, ३ जना नाबालकसहित १ हजार ४४ जना कैदीबन्दी छन् ।

कारागार भवनको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले कैदीबन्दीको अधिकारका लागि राज्यले काम गरिरहेको बताए । उनले कारागारलाई सुधार गृहकाे रुपमा अघि बढाइएकाे बताए ।

‘कारागार मात्रै होइन सुधारगृहका रूपमा विकास गर्ने कुरा छ। सँगसँगै उद्योगग्रामका रूपमा पनि विकास गर्न जरुरी छ,’ उनले भने, ‘ मानिस कैदीबन्दीका रूपमा कारागारमा बसिसकेपछि कुनै न कुनै सीप सिकेर केही न केही उत्पादन गर्छ। मानिस उत्पादनसँग जोडिन्छ। आयआर्जन हुन्छ। त्यसैले कारागारलाई उद्योगका रूपमा विकास गर्ने कोसिस गरिरहेका छौं।’

मोरङ कारागारमा अत्याधुनिक मेसिनबाट कैदीबन्दीले कपडा बुन्ने काम भइरहेको गृहमन्त्रीको भनाइ छ। ‘कारगारबाट बाहिर निस्किँदा मानिस नयाँ चेतना र नयाँ सोचका साथ समाजमा फर्किएर जान्छ। कैदीबन्दीलाई उद्योमशील बनाउन कारागारलाई आधुनिक बनाइँदै छ,’ उनले भने ।

प्रकाशित मिति: बुधबार, ०१ जेठ, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.