काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिदा मनाउन पुगेका निर्दोष नागरिकलाई धर्म सोधेर हत्या गर्ने आतंककारी समूहमाथि कडा कारवाही गरेको बताएका छन् । सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् ।
‘यो हमलापछि सिंगो देश, नागरिक समाज, राजनीतिक दल एकस्वरमा आतंकको विरुद्धमा कडा कारबाहीका लागि उठेका थिए,’ उनले भने,‘त्यसपछि हामीले आतंकवादलाई माटोमा मिलाउनका लागि भारतको सेनालाई जिम्मा दिएका थियौं ।’
हरेक आतंककारी संगठनलाई ‘आफूहरूको बहिनी, छोरीको शिरबाट सिन्दुर हटाउनुको नतिजा के हुन्छ भन्ने सन्देश’ पुगेको उनले बताए । ‘अपरेशन सिन्दुर नाम मात्र होइन, देशको सयौं मान्छेको भावनाको प्रतिबिम्ब पनि हो’, उनले भने, ‘अपरेशन सिन्दुर न्यायको अखण्ड प्रतिज्ञा हो । ६ मेको राति ७ मेको बिहान पूरा दुनियाँले यो प्रतिज्ञाको परिणाममा बदलिएको देखे ।’
त्यसदिन भारतीय सेनाले पाकिस्तानको आतंककारी ठेगानामा उनीहरूको तालिम केन्द्रलाई लक्षित गरेर सटिक प्रहार गरेको बताए ।
वैशाख १० गते भारत प्रशासित जम्मु कश्मिरमा आतंकवादी समूहले गोली हानेर एक नेपालीसहित २६ जनाको विभत्स हत्या गरेको थियो ।
भारतको कारवाहीमा एक सयभन्दा बढी आतंकवादीलाई मारिएको भन्दै उनले आतंकको हेडक्वार्टरलाई उजाड गरिदिएको बताए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)