चीन-अमेरिकाले घटाए भन्सार दर

Satya Sanchar सत्य सञ्चार

काठमाडाैं । अमेरिका र चीनले एक अर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनका लागि घटाउने सहमति गरेका छन् ।

स्वीट्जरल्याण्डको जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म चलेको अमेरिका– चीन व्यापार वार्तापछि दुवै देशले एक अर्कालाई लगाएको भन्सार दर ९० दिनका लागि घटाउने निर्णय गरेका हुन् ।अब दुवै देशले ११५ प्रतिशत भन्सार दर घटाउने छन् ।

वक्तव्य जारी गर्दै देवै देशले एक अर्कामाथि लगाएको उच्च भन्सार ९० दिनसम्मका लागि रोक्ने निर्णय भएको बताएका छन् ।

अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशत घटाएर ३० प्रतिशतमा झार्ने र चीनले अमेरिकामाथि लगाएको १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति भएको सीएनएनले जनाएको छ ।

२ दिनसम्म बसेको बैठकपछि वार्तामा सहभागी प्रतिनिधिहरूले आइतबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिने क्रममा उल्लेख्य उपलब्धी भएको बताएका थिए । अब ९० दिनसम्म अमेरिकाले ३० प्रतिशत र चीनले १० प्रतिशत भन्सार दर कायम हुने र यसबीचमा त्य संयन्त्रले थप छलफल गर्ने बताइएको छ ।

प्रकाशित मिति: मङ्गलबार, ३० बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.