लुम्बिनीका सांसद पन्थीविरुद्ध मोरङमा पक्राउ पूर्जी

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जिल्ला अदालत मोरङले नेकपा (एमाले) लुम्बिनी प्रदेशसभाका सांसद विष्णुप्रसाद पन्थीविरुद्ध पक्राउ पूर्जी जारी गरेको भेटिएको छ ।६ महिना कैदकाे फैसला कार्यान्वयनका लागि गत वर्ष नै मोरङ अदालतले पक्राउ पूर्जी गरेको हो ।

तर  प्रहरीको नजरमा उनी फरार छन् । प्रहरीकाे नजरमा फरार भएपनि उनी लुम्बिनी प्रदेशसभा बैठकमा नियमित जसो पुगिरन्छन् । सार्वजनिक कार्यक्रममा पनि सक्रिय छन् । उनीविरुद्धको पक्राउ पूर्जी भने प्रहरी कार्यालयमा घुमिरहेको छ ।

जिल्ला अदालत मोरङबाट जारी भएको पक्राउ पूर्जी जिल्ला प्रहरी परिसर काठमाडौं, अपराध अनुसन्धान तथा कारवाही शाखा, जिल्ला प्रहरी कार्यालय रुपन्देहीसहित मातहतका सबै प्रहरी युनिटमा पुगेको छ ।

लुम्बिनी प्रदेशसभाको सार्वजनिक लेखा समितिको सदस्य रहेका पन्थी एमालेको केन्द्रीय लेखा आयोगका उपाध्यक्ष हुन् । पन्थीविरुद्ध मोरङ जिल्ला अदालतले २०८१ जेठ ३२ गते पक्राउ आदेश जारी भएको थियो । अदालतले २०८१ जेठ १२ गते जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पक्राउ गरी उपस्थित गराउन पत्राचार गरेको थियो । त्यसपछि २०८१ साउन ६ गते प्रहरी परिसरले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई पन्थीलाई पक्राउका लागि पत्र पठाएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले फेरि इलाका प्रहरी कार्यालय बुटवललाई तोक आदेश गरी पठाएको थियो ।

पन्थीलाई मोरङ अदालतले ६ महिना कैदको सजाय गरेको छ । ‘प्रतिवादीले वादीको हुने विगो रकम दाखिला नगरेको हुँदा तपसिलका प्रतिवादीलाई मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा २४४ बमोजिम जनही ६(छ) महिना कैदमा राख्न पक्राउ गरी यस अदालतमा दाखिला गरि दिनु हुन अनुरोध छ,’ अदालतले जिल्ला प्रहरी कार्यालय काठमाडौंलाई पठाएको पत्रमा भनिएको छ ।

जिल्ला अदालत मोरङका तहसिलदार हरिप्रसाद गुरागाईंले पठाएको पत्रमा काठमाडौं २९ अनामनगर सिंहदरबार पूर्व गेटदेखि पूर्व गौतमबुद्ध हाइड्रो पावर प्रा. लि. काठमाडौंका संचालक रहेका अन्दाजी ५० वर्षका देवराज खनाल र सोही हाइड्रो पावरका संचालक समेत रहेका व्यवसायी तथा सांसद विष्णु पन्थीको नाम उल्लेख छ ।

के हो मुद्दा ?

कपिलवस्तु बाणगंगा नगरपालिका राजपुर स्थायी ठेगाना भएका पन्थी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १(१) बाट निर्वाचित एमाले सांसद हुन् । उनले कांग्रेस उम्मेद्वार डोलकराम घिमिरेलाई पराजित गरेका थिए ।

पन्थी गौतमबुद्ध हाइड्रोपावर प्रा.लि. काठमाडौंका सञ्चालक मध्ये एक हुन् । उनीसँगै देवराज खनालविरुद्ध पनि पक्राउ पूर्जी जारी भएको छ ।
गौतमबुद्ध हाइड्रो पावरलाई विराटनगरको पल्लवी इलेक्ट्रा प्रा.लिले विद्युतीय सामाग्री उधारोमा उपलब्ध गराएको थियो । तर तिरेनन । कारोबार गर्ने क्रममा २०७३ सालमै गौतमबुद्ध हाइड्रो पावर प्रा.लि.ले १८ लाख ५४ हजार रुपैयाँको सामान लगेको थियो । सो मध्ये पल्लवी इलेक्ट्रा प्रा.लिलाई ५ लाख रुपैयाँ दिएको थियो ।

बाँकी रकम नदिएपछि जिल्ला अदालत मोरङमा पल्लवी कम्पनीले २०७५ चैत ११ गते मुद्दा दर्ता गरेको थियो । २०७७ साल मंसिर २३ गते जिल्ला अदालत मोरङका न्यायाधिश मेदिनीप्रसाद पौडेलको इजलासले बाँकी रकम १३ लाख ५४ हजार रुपैयाँ भराउने फैसला गरेको थियो ।

फैसला कार्यान्वयन नगरेपछि पल्लवी कम्पनीले अदालतमा पुन निवेदन दिएको थियो । निवेदनपछि गोरखापत्रमा २०८१ साल वैशाख १२ गते सूचना प्रकाशित गर्न पत्राचार गरेको थियो । जसमा १३ लाख ५४ हजार रुपैयाँ भुक्तानी गर्नका लागि १५ दिनभित्र अदालतमा आफैं आउने सूचना थियो । सो सूचना प्रकाशित भइसकेपछि पनि हाइड्रो कम्पनीका संचालकद्वय खनाल र पन्थी नआएपछि अदालतले जनही ६ महिना कैद गर्न आदेश भएको थियो । मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा २४४ अनुसार उनीहरुलाई कैद सजाय तोकिएको हो ।

प्रकाशित मिति: सोमबार, २९ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.