शोधनान्तर स्थिति बचतमा

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा नेपालको शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोड बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार, अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले बचतमा थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ७५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा चालु खाता दुई खर्ब १० अर्ब २२ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ७९ अर्ब ८३ करोडले बचतमा थियो ।

समीक्षा अवधिमा आठ अर्ब ९६ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी छ अर्ब ४९ करोड थियो ।

कुल विदेशी विनिमय सञ्चिति १८ दशमलव नौ प्रतिशतले वृद्धि भई चैत मसान्तमा २४ खर्ब २६ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलर सञ्चिति गत असार मसान्तमा १५ अर्ब २७ करोड रहेकामा गत चैत मसान्तमा १५ दशमलव चार प्रतिशतले वृद्धि भई १७ अर्ब ६३ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकामा गत चैत मसान्तमा १५ दशमलव छ प्रतिशतले वृद्धि भई २१ खर्ब ३६ अर्ब ४६ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकामा २०८१ चैत मसान्तमा ५० दशमलव आठ प्रतिशतले वद्धि भई रु दुई खर्ब ९० अर्ब ३८ करोड कायम भएको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दशमलव चार प्रतिशत छ ।

प्रकाशित मिति: सोमबार, २९ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.