काठमाडौं । शान्तिका अग्रदूत गौतम बुद्धको २५६९ औँ जन्म जयन्ती आज नेपालसहित विश्वका विभिन्न मुलुकमा मनाइँदैछ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । २५६९ वर्षअघि कपिलवस्तु जिल्लास्थित तिलौराकोटमा राजा शुद्धोधन र रानी मायादेवीको कोखबाट सिद्धार्थ गौतमको जन्म भएको थियो । तीनै राजकुमार सिद्धार्थ ज्ञानको खोजीमा दरबार छाडेर हिँडेको केही वर्षपछि गौतम बुद्ध बनेका थिए । अहिंसा परमोधर्म भन्ने बुद्धको सन्देश आज विश्वभर फैलिएको छ ।
विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो। बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा पूजा आराधना गर्ने गरिन्छ ।
बुद्ध जन्मजयन्तीका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।
बुद्धका सबै शिक्षा र उपदेशको संग्रहलाई त्रिपिटक भनिन्छ । गौतम बुद्धलाई एसियाका तारा पनि भनिन्छ । शान्तिका अग्रदूत गौतम बुद्धका अनुयायी आज विश्वभर करोडौंको संख्यामा फैलिएका छन् । नेपालसहित चीन, भारत, सिंगापुर, भियतनाम, कम्बोडिया, थाइल्यान्ड, मलेसिया, श्रीलंका, मलेसिया, कोरिया, जापान, लाओस्, इन्डोनेसियालगायतका देशमा यो जयन्ती मनाइने गरिन्छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)