ग्रामथान, दमक र दुहबीमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका २, झापाको दमक नगरपालिका– १ र सुनसरीको दुहबी नगरपालिका– ३ मा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीका अनुसार शनिबार भएकाे छुट्टाछुट्टै दुर्घटना तीन जनाकाे मृत्यु भएकाे हाे ।

दमकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दमकको रबि स्टेण्ड गेट नजिकै बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगी तर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा स्कुटर चालक ताप्लेजुङको दोभान बस्ने २२ वर्षीय अंकीत लिम्बुको घटनास्थलमै मृत्यु भएको हो । स्कुटर पछाडी सवार पाचँथरको मिक्लाजुङ गाउँपालिका– ४ की ४२ वर्षीया सृजना राई गम्भीर घाइते भएकी छन् । उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भइरहेको छ । ट्रक चालक फरार छन् ।

शनिबार बेलुका मोरङ ग्रामथान गाउँपालिका– २ बतराहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । आरएमसी ईट्टा उद्योगबाट ईंटा लोड गरी निस्किएको को १ त ७४२५ नम्बरको ट्रयाक्टर खेतमा दुर्घटना हुँदा ट्याक्टर चालक कटहरी गाउँपालिका– ५ बस्ने २० वर्षीय राहुल सरदार मृत्यु भएको हो ।

प्रहरीका अनुसार खेतमा फसेको ट्याक्टरलाई ईटा भट्टाकै ३७०१ नम्बरको जेसीबीले पछाडीबाट धकेल्दा ट्याक्टरको इन्जिनको भाग उठेर ईटा लोड गरेको डालामा ठोक्किएको थियो । सो क्रममा चालक गम्भीर घाइते भएका थिए । उपचारका लागि कोशी अस्पताल ल्याए लगतै चिकित्सकले मृत घोषित गरेका थिए । दुवै सवारी चालकको लापरवाहीका कारण दुर्घटना भएको प्रहरीले बताएको छ । जेसीबी चालक फरार रहेको प्रहरीले बताएको छ ।

शनिबार दिउँसो सुनसरीको दुहबी नगरपालिका– ३ फुटानी चौकमा प्र २–०१–००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भइ दुर्घटना हुँदा त्रियुगा नगरपालिका– ८ राजाबासका ३० वर्षीय नेपाल प्रहरीका असई विरोध खतिवडाको मृत्यु भएको हो । खतिवडा जिल्ला प्रहरी कार्यालय उदयपुरमा कार्यरत थिए ।

प्रहरीका अनुसार कोशी राजमार्गको इटहरी – विराटनगर सडक खण्डमा इटहरीबाट विराटनगर तर्फ आउँदै गरेको भ्यान अनियन्त्रित भइ सडक बारमा ठोक्किएको थियो । दुर्घटनामा खतिवडासँगै तिन जना घाइते भएका थिए ।

प्रहरीका अनुसार खतिवडाको विराट शिक्षण अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो । दुर्घटनामा चौदण्डीगढी नगरपालिका– ६ का ३८ वर्षीय सुरेश कार्की र १४ वर्षीय रोजिना कार्की घाइते भएका छन् । सुरेश चालक हुन् । रोजिना उनको छोरी हुन् । उनीहरुको अवस्था सामान्य छ ।

प्रकाशित मिति: आइतबार, २८ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.