भारत र पाकिस्तानबीच युद्धविराम

Satya Sanchar सत्य सञ्चार

विराटनगर । भारत र पाकिस्तानबीच युद्धविराम भएको छ । शनिबारबाट लागु हुनेगरि युद्धविराम भएको हो । दुई देशबीच युद्धविराम सहमति भएपछि पछिल्लो सातादेखिएको तनाव अन्त्य भएको हो ।

दुवै देशले युद्धविरामको सहमति भएको घोषणा गरेका छन् । भारत र पाकिस्तानले घोषणा गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम भएको घोषणा गरेका थिए ।

“संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरको लामो वार्ता पछि, म यो घोषणा गर्न पाउँदा खुसी छु कि भारत र पाकिस्तान पूर्ण र तत्काल युद्धविराममा सहमत भएका छन्,’ ट्रम्पले भनेका छन् ,‘सामान्य ज्ञान र उत्कृष्ट बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाई छ। यस विषयमा ध्यान दिनुभएकोमा धन्यवाद ।’

ट्रम्पको घोषणापछि भारत र पाकिस्तानले युद्धविराम सहमति भएको बताएका हुन् ।

भारतका विदेश सचिव विक्रम मिश्रीले युद्धविराम भएको बताए । ‘पाकिस्तानका सैन्य अपरेशनका महानिर्देशकले आज दिउँसो आफ्नो भारतीय समकक्षीलाई फोन गरे र एउटा सम्झौता भयो,’ उनले भनेका छन्,‘दुवै पक्षले आज भारतीय समय अनुसार १७ः ०० देखि जमिन, आकाश र समुद्रमा सबै लडाइँ र सैन्य कारबाही रोक्ने सहमति भएको छ ।’ समझदारीलाई प्रभावकारी बनाउन दुवै पक्षलाई निर्देशन दिइएको उनले बताए ।

पाकिस्तानका विदेशमन्त्रीले इशाक दारले भारतसँग युद्धविराम भएको बताएका छन् ।

‘पाकिस्तान र भारतले तत्काल लागू हुने गरी युद्धविराम गर्न सहमत भएका छन्,’ उनले भनेका छन्,‘पाकिस्तानले आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा सम्झौता नगरी सधैं यस क्षेत्रमा शान्ति र सुरक्षाको लागि प्रयासरत रहेको छ ।’

प्रकाशित मिति: शनिबार, २७ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.