काठमाडौं ।आईसीसी महिला टी– २० विश्वकप एसिया छनोटमा नेपालले बहराइनलाई पराजित गरेको छ । शनिबार भएको खेलमा नेपालले बहराइनलाई ९ विकेटले हराएको हो ।
वर्षा र वेट आउटफिल्डका कारण ५ ओभरमा छोट्याइएको खेलमा बहराइनले दिएको ४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो ।
कविता कुँवरले सर्वाधिक १८ रन बनाउँदा सम्झना खड्का १३ रनमा तथा कप्तान इन्दु बर्मा ७ रनमा बनाइन् ।
टस हारेर पहिले ब्याटिङ गरेको बहराइनले निर्धारित ५ ओभरमा १ विकेट गुमाएर ४१ रन बनाएको थियो । कप्तान दिपिका रंगासिकाले १३ बलमा सर्वाधिक ३४ रन बनाइन् ।
बहराइनले सुरुवात सुस्त गरेपनि कप्तान दिपिकाको आक्रमक ब्याटिङमा ५ ओभरमा चुनौतीपूर्ण योगफल खडा गर्न सफल भएको थियो ।
शुक्रबारका लागि तय भएको हङकङसँगको पहिलो खेल अघिल्लो दिनको वर्षाले वेट आउटफिल्ड भएका कारण टस नै नभएर रद्द भएको थियो ।
नेपाल र हङकङले १–१ अंक बाँडेका थिए । नेपालले मंगलबार हङकङसँग खेल्ने छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,442)
जीवन विकासले बोलायो साधारणसभा (2,410)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,370)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,353)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,222)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,157)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,582)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,560)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,119)