कश्मीर क्षेत्रमा आज पनि गोलाबारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पाकिस्तान र भारतबीच आज पनि गोलाबारी भएको छ । भारतीय प्रशासित कश्मीर क्षेत्रमा आज राति गोलाबारी भएको हो ।

समाचार एजेन्सी अलजजिराका अनुसार कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विस्फोटको आवाज सुनिएको छ ।

‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

मुख्यमन्त्री अब्दुल्लाहले केही घण्टाका लागि सडकमा ननिस्कन स्थानीयहरूलाई आग्रह गरेका छन् । ‘म जम्मु र वरपर रहेका सबैलाई हार्दिक अनुरोध गर्दछु कृपया केही घण्टाका लागि सडकमा ननिस्कनुहोस्,’ उनले आग्रह गर्दै भनेका छन्, ‘घरमै बस्नुस् वा तपाईं सहज रूपमा बस्न सक्ने सबैभन्दा नजिकको सुरक्षित स्थानमा रहनुहोस् अफवाहलाई बेवास्ता गर्नुहोस्, कुनै अपुष्ट वा नपुष्टि गरिएका कुराहरू नफैलाउनुहोस्। हामी सबै मिलेर यो परिस्थितिबाट सुरक्षित रूपमा अगाडि बढ्नेछौँ ।’

प्रकाशित मिति: शुक्रबार, २६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.