कश्मीर क्षेत्रमा आज पनि गोलाबारी

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पाकिस्तान र भारतबीच आज पनि गोलाबारी भएको छ । भारतीय प्रशासित कश्मीर क्षेत्रमा आज राति गोलाबारी भएको हो ।

समाचार एजेन्सी अलजजिराका अनुसार कश्मीरको जम्मु शहरमा ब्ल्याकआउट भएपछि रातको विस्फोटको आवाज सुनिएको छ ।

‘जहाँ म छु, त्यहाँबाट अहिले पनि बीच–बीचमा विस्फोटको आवाजहरू सुनिँदैछन्,’ जम्मु र कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

मुख्यमन्त्री अब्दुल्लाहले केही घण्टाका लागि सडकमा ननिस्कन स्थानीयहरूलाई आग्रह गरेका छन् । ‘म जम्मु र वरपर रहेका सबैलाई हार्दिक अनुरोध गर्दछु कृपया केही घण्टाका लागि सडकमा ननिस्कनुहोस्,’ उनले आग्रह गर्दै भनेका छन्, ‘घरमै बस्नुस् वा तपाईं सहज रूपमा बस्न सक्ने सबैभन्दा नजिकको सुरक्षित स्थानमा रहनुहोस् अफवाहलाई बेवास्ता गर्नुहोस्, कुनै अपुष्ट वा नपुष्टि गरिएका कुराहरू नफैलाउनुहोस्। हामी सबै मिलेर यो परिस्थितिबाट सुरक्षित रूपमा अगाडि बढ्नेछौँ ।’

प्रकाशित मिति: शुक्रबार, २६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.