एन्फा साधारणसभामा पूर्वअध्यक्ष गणेश थापालाई रोकेपछि विवाद

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को साधारणसभामा तनाव भएको छ । पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाएपछि विवाद भएको हो । बाहिर तनाव भएपनि हलभित्र साधारण सभा भने जारी छ । राखेप अध्यक्ष टंकलाल घिसिङले पानसमा बत्ती बालेर साधारण सभा उदघाटन गरेका थिए ।

साधारण सभामा प्रवेशका लागि पास नभएको भन्दै आयोजकले थापालाई गेटमै रोक्दा विवाद भएपछि उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

थापा र उनका समर्थकहरु भने भित्र प्रवेश गर्न पाउनुपर्ने माग राखेका छन् । एन्फाका प्रवक्ता सुरेश शाहले अदालतबाट आएको फैसलाबारे औपचारिक जानकारी नभएका कारण प्रवेश नगराइएको बताएका छन् ।

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले थापालाई १६ अप्रिल २०१५ देखि प्रतिबन्ध लगाएपछि उनी निष्कृय थिए । १५ अप्रिल २०२५ मा प्रतिबन्ध फुकुवा भएपछि उनी फुटबलका गतिविधिहरुमा पुनः सक्रिय हुन थालेका छन् ।

प्रकाशित मिति: शुक्रबार, २६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.