भारत पाकिस्तानबीच मिसाइल हानाहान

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । पाकिस्तान र भारतले एक अर्कामाथि मिसाइल प्रहार गरेका छन् । बिहीबार राति दुई देशको सीमा क्षेत्रमा मिसाइल र ड्रोन हानाहान भएको हो ।

पाकिस्तानले लगातार दोस्रो दिन ड्रोन र मिसाइल हमला गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

ती आक्रमणलाई भारतले असफल बनाएको दाबी छ ।  पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरका सैन्य ब्यारेकमा आक्रमण गरेको तर ती सबैलाई असफल पारेको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।

भारतीय मिडियाहरुका अनुसार जम्मु कश्मिरको जम्मु, साम्बा, केरन, तंगधार, करनाह, अखनुर, आरएसपुरा सेक्टर, अरनिया लगायतका स्थानलाई लक्षित गरी आक्रमण भएको थियो ।

आक्रमणका विषयमा दुवै देशले सार्वजनिक रुपमा अभिव्यक्ति दिएका छैनन । क्षतिको विवरण पनि सार्वजनिक भएको छैन ।

२४ विमानस्थल बन्द

पाकिस्तानसँग अघोषित युद्ध सुरु भएपछि भारतले आफ्ना २४ विमानस्थल नागरिक सेवाका लागि बन्द गरेको छ । पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरेको बीबीसीले जनाएको छ ।

नागरिक उड्डयन सुरक्षा ब्यूरोले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको छ । एयर मार्शलहरू पनि तैनाथ गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, २६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.