१५ लाख भारतीय रुपैयाँसहित झापाबाट एक जना पक्राउ

Satya Sanchar सत्य सञ्चार

झापा । प्रहरीले झपाको मेचीनगर–७ स्थित जोरसिमलबाट बुधबार १५ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको गस्तीले मेचीनगर–७ स्थित जोरसिमलमा काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस चेकजाँचका क्रममा भारु १४ लाख ९९ हजार सात सयसहित मोरङ उर्लाबारी–८ का ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलका अनुसार बरामद नगदसहित कार्कीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, इटहरीमा बुझाइएको छ ।

प्रकाशित मिति: बिहिबार, २५ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.