जीवन विकास आदर्शनगर शाखाको अन्तरक्रिया

Satya Sanchar सत्य सञ्चार

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाको आदर्शनगर शाखाले अन्तरक्रिया तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सदस्यहरुको उपस्थितिमा बुधबार कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जीवन विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले आदर्शनगर शाखा जीवन विकासको अन्य शाखा भन्दा फरक प्रकृतिको शाखा रहेको बताए ।

उनका अनुसार अन्य शाखामा समूह बैठकको स्वीकृतिमा ऋण लगानी हुन्छ । केन्द्रीय कार्यालयसँगै रहेको आदर्शनगर शाखाबाट भने व्यक्तिगत धितो जमानीका आधारमा ऋण लगानी हुन्छ । उनले सदस्यहरुको सहजताका लागि लघुवित्तले घरदैलोमा पुगेर वित्तीय सेवा प्रवाह गरिरहेको बताए ।

कार्यक्रममा आदर्शनगर शाखाका उत्कृष्ट उद्यमी, ऋणी र बचतकर्तालाई पुरस्कृत पनि गरिएको थियो ।

उत्कृष्ट उद्यमी तर्फ रेनुदेवी केशरी, कौशल्यादेवी महतो र आभाकुमारी सिंह राजपूतलाई पुरस्कृत गरिएको थियो ।

उत्कृष्ट ऋणी तर्फ बिमला चौधरी, सकुन्तलादेवी मोची र मान्तीकुमारी महतोलाई पुरस्कृत गरिएको थियो । उत्कृष्ट बचतकर्ता तर्फ वैजनाथप्रसाद विश्वासलाई पुरस्कृत गरिएको थियो ।

जीवन विकासकाे आदर्शनगर शाखा प्रमुख शिवम कुमार मण्डलको अध्यक्षतामा भएकाे कार्यक्रममा सहभागीहरुलाई संस्थाको तालिम विभाग प्रमुख रञ्जना निरौलाले वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण दिएकी थिइन् ।

प्रकाशित मिति: बुधबार, २४ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.