विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन जेठ ४ गतेबाट बाेलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेकाे छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको सातौँ तथा बजेट अधिवेशन जेठ ४ गते दिउँसो २ बजेबाट बोलाउनका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेकाे हाे ।
मन्त्रीपरिषद्को निर्णयका आधारमा प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक प्रावधान छ ।
आज मन्त्रिपरिषद बैठकले प्रदेश प्रमुख परशुराम खापुङ समक्ष प्रदेशसभा बैठक आह्वानको लागि सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले बताए ।
बैठकले सुनसरीकाे कोशी गाउँपालिकाको केन्द्र हेरफेर गर्न नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ । बैठकले कारखाना तथा वर्कसप सञ्चालन निर्देशिका– २०८२ स्विकृत गर्ने निर्णय पनि गरेको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)