काठमाडौं । भारतले मध्यरातमा आक्रमण गरेपछि पाकिस्तानी प्रधानमन्त्री शहवाज सरिफले मिसाईल आक्रमणको जवाफ दिने बताएका छन् ।
भारतले मंगलबार राति कम्तिमा ५ स्थानलाई लक्षित गर्दै गरेको हवाई हमला गरेपछि सरिफले आक्रमणको जवाफ दिने बताएका हुन् ।
सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘धोकेवाज दुश्मनले पाकिस्तानको पाँच स्थानमा कायरतापूर्ण हमला गरेको छ, यो घृणित आक्रमणको कुनै पनि हालतमा जवाफ दिइन्छ ।’
भारतको हवाई हमलामा परेर कम्तिमा ३० जना मारिएको समाचारहरुमा जनाइएको छ ।
मंगलबार राति ‘अप्रेसन सिंदूर’ नाम दिएर भारतले आक्रमण गरेपछि भारतले दुई साताअघि जम्मु कश्मिरको भएको आतंकवादी हमलाको ‘जवाफी कारबाही’ गरिएको भनेको छ ।
संयुक्त राष्ट्रसंघले दुवै देशलाई संयम रहन अपिल गरेकाे छ ।
संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले गुटेरेस ‘नियन्त्रण रेखा र अन्तर्राष्ट्रिय सिमानाका पारिपट्टिका भारतीय सैन्य कारबाहीहरूप्रति गहिरो चिन्तित रहेका’ बताएका छन् । उनले भारत र पाकिस्तान दुवैलाई आफ्ना सैन्य शक्तिलाई अधिकतम् संयम राख्न आग्रह गरेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)