पाकिस्तानमा भारतीय हवाई आक्रमण, ९ जनाको मृत्यु

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । भारतीय सेनाले मंगलबार राति पाकिस्तानका ९ ठाउँमा हवाई आक्रमण गरेको छ। ‘अपरेशन सिन्दूर’ नाम दिएर पाकिस्तानका ९ स्थानमा मिसाइल आक्रमण गरेको हो ।

पाकिस्तानी सञ्चारमाध्यमका अनुसार आक्रमणमा ९ जनाको सर्वसाधरणकाे मृत्यु भएको छ । ३५ जना घाइते भएका छन् ।

भारतले आक्रमणलाई कश्मीरको पलगाममा २२ अप्रिलमा भएको आक्रमणको जवाफी कारबाही भनेको छ । पलगाममा एक नेपालीसहित २६ पर्यटक मारिएका थिए ।

भारतले आतंकवादी रहेको मानिएका ९ ठाउँमा आक्रमण गरेको जनाएको छ। पाकिस्तानले भने सर्वसाधारणहरूको घरमा आक्रमण गरेको जनाएको छ ।

पाकिस्तानी सञ्चार माध्यमले भारतका तीन वटा फाइटर जहाज पाकिस्तानी सेनाले झारिदिएको जनाएको छ ।

पाकिस्तानको लाहोर एयरपोर्टमा आपतकालीन अवस्था घोषणा गरिएको छ । मिडिया रिपोर्टका अनुसार एयरपोर्ट खाली गरेर सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतलाई जवाफ दिने चेतावनी दिएका छन् ।

प्रकाशित मिति: बुधबार, २४ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.