काेशी प्रदेशले तीन दिन गणतन्त्र दिवस मनाउने

Satya Sanchar सत्य सञ्चार
मुख्यमन्त्री हिक्मत कार्की

विराटनगर । कोशी प्रदेश सरकारले तीन दिन गणतन्त्र दिवस मनाउने भएको छ । जेठ १४,१५ र १६  गणतन्त्र दिवस  मनाउने भएको हो ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गणतन्त्र दिवस–२०८२ लाई भव्य रुपमा मनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय विराटनगरमा मंगलबार गणतन्त्र दिवस मनाउने तयारी बैठकलाई सम्बोधन गर्दै भव्य बनाउन निर्देशन दिएका हुन् ।

‘दिवसलाई दिवसका रुपमा मात्र होइन यसलाई सबैले अपनत्व गरी मनाउनुपर्छ र गणतन्त्रलाई बलियो र संस्थागत बनाउनका लागि यो दिवस भव्य रुपमा मनाउनुपर्छ,’ उनले भने ।

मुख्यमन्त्री कार्कीले गणतन्त्रपछि प्राप्त उपलब्धीलाई आम नागरिकमा जानकारी गराउने र व्यवस्थाप्रतिको भरोसा जगाउन दिवसलाई भव्य रुपमा मनाउन आग्रह गरे ।

प्रकाशित मिति: मङ्गलबार, २३ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.