ट्याक्टरकाे ठक्करबाट जन्तीकाे मृत्यु

Satya Sanchar सत्य सञ्चार

उदयपुर । उदयपुरमा ट्याक्टरकाे ठक्करबाट बेहुली लिएर फर्कदै गरेका जन्ती गएका एक जना मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

चौदण्डीगढी नगरपालिका–४ स्थित मदन भण्डारी मार्गको बर्खेडाँडामा सोमबार साँझ हलेसी तुवाचुङबाट बेहुली लिएर सुनसरीतर्फ फर्कदै गरेको बसमा सवार एक जनाकाे मृत्यु भएकाे हाे । बर्खेडाँडा बस राेकी होटलमा खाजा खाएर फर्किने क्रममा पछाडिबाट आइरहेको ना ३ त ८१० नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय बेल्टारका अनुसार ठक्करबाट खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बस्ने ४० वर्षीया गीता परियारको मृत्यु भएको हो । सुनसरीको इटहरी उपमहानगरपालिका–२० का २३ वर्षीय योजन राई घाइते छन् । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।

जन्तीलाई ठक्कर दिने ट्याक्टर चालक उदयपुरको चौदण्डीगढी नगरपालिका– ४ का ३० वर्षीया विजय विकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मङ्गलबार, २३ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.