धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते

Satya Sanchar सत्य सञ्चार

विराटनगर । धनकुटामा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । घाइते मध्ये २ को अवस्था गम्भीर छ ।

साेमबार दिउँसाे धरानबाट यात्रु बोकेर भोजपुरका लागि छुटेको को १ ख २१७७ नम्बरको यात्रुवाहक बस कोशी लोकमार्गअन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–६ गोठगाउँमा सडकबाट करिब ५० मिटर तल खसेको थियो ।

दुर्घटनामा बस चालक सुनसरी धरान उपमहानगरपालिका– १३ का ५१ वर्षीय रुद्र तामाङ, बसका यात्रु भोजपुरको भोजपुर नगरपालिका– ११ का ५८ वर्षीय लिलाबहादुर श्रेष्ठ र धनकुटाको धनकुटा नगरपालिका– ६ का ७३ वर्षीया कृष्णकुमारी राई भुजेलको मृत्यु भएको हो । प्रहरीका अनुसार राईको घटनास्थलमै र तामाङ र श्रेष्ठको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।

तिब्र गतिका कारण सडकबाट बस खस्दा दुर्घटना ११ जना घाइते छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

यी हुन घाइते

१, सुनसरी धरान उपमहानगरपालिका– १३ का ११ वर्षीय अनमोल तामाङ, टाउकोमा चोट,अवस्था सामान्य
२,सुनसरी बराहक्षेत्र नगरपालिका– २ का ४८ वर्षीय कृष्ण राउत, देव्रे हात भाच्चिएको,अवस्था सामान्य रहेको
३,भोजपुर षडानन्द नगरपालिका– १३ का २० वर्षीय सुर्यमणी तामाङ, टाउकोमा चोट,अवस्था सामन्य ।
४,भोजपुर पौवादुम्मा गापा– ३ च्याङ्रेका ८० वर्षीय गंगा प्रसाद सापकोटा, टाउकोमा चोट,अवस्था सामान्य ।
५, भोजपुरको भोजपुर नगरपालिका– ११ की २४ वर्षीया सविना बराईली, हात भाच्चिएको,अवस्था सामान्य
६, भोजपुरको भोजपुर नगरपालिका – ११ की ६० वर्षीया देवी विक,टाउकोमा चोट, अवस्था गम्भीर
७, धनकुटाको साँगुरीगढी गापा– ६ का ६० वर्षीय हंशबहादुर राई, टाउकोमा चोट, अवस्था गम्भीर
८भोजपुरको षडानन्दा नपा– ११ बस्ने ५१ वर्षीया पूर्णमाया तामाङ, अवस्था सामान्य
९, सुनसरीको इटहरी उपमहानगरपालिका– ४ का १७ वर्षीय आयुष राई,हात र ढाडमा चोट,अवस्था सामान्य
१०,धनकुटाको धनकुटा नगरपालिक–६ का ३४ वर्षीय धनकुमार विक, टाउकोमा चोट, अवस्था सामान्य
११, धनकुटाको साँगुरीगढी गाँउपालिका– ६ की ६० वर्षीया दीर्घमाया राई, टाउकोमा चोट, अवस्था सामान्य

प्रकाशित मिति: मङ्गलबार, २३ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.