दाङ । ११ वष वैदेशिक रोजगारीमा बिताएका घोराही उपमहानगरपालिका–१ सुकाखोलाका बोमबहादुर थापाले गाई पालन व्यवसायबाट मनग्य आम्दानी गरेका छन् ।
उनले मलेसिया र दुबईमा करिब ११ वर्ष काम गरेका थिए । फर्किएपछि गाई पालन गरेका हुन् । “विदेशमा १८ घण्टा काम गर्छौँ, कमाइ भएको देख्छौँ, स्वदेशमा काम आठ घण्टा पनि गर्दैनौँ कमाइ चाहिँ धेरै खोज्छौँ, अनि जति कमाए पनि कमै देख्छौँ ।” उनले भने ।
बिहानै ४ बजे उठेर गाई दुहुने र गाउँका अन्य किसानकोसमेत दूध लिएर घोराही बजारको डेरीमा पुर्याउने अनि घर फर्केर फेरि गाईको हेरचाह गर्ने यसरी नै बित्छ थापाको दैनिकी । थापाका लागि कामको चाप भने विदेशको जस्तै छ । थापाले विगत पाँच वर्षदेखि एक दिन पनि यो काम छुटाएको छैन । थापालाई लाग्छ म एक दिन बिरामी भएँ भने यो दूध अर्को दिन कहाँ लगेर बेचुँ । गाईलाई दानापानीको काम परिवारका अन्य सदस्यले गरे पनि दूध बजारसम्म पुर्याउने काम भने थापा आफैले मात्र गर्दै आएका छन् ।
सुरुमा दुई वटा गाईबाट यो पेसामा लागेका थापासँग हाल १७ गाई छन् । तीमध्ये सात वटा दुहुना छन् । दैनिक ८० लिटर दूध उत्पादन हुने गरेको थापाको भनाइ छ ।
विदेशमा कमाएको पैसाले घोराही बजारमा घडेरी किनेर एक तलाको घर बनाएका थापाले स्वदेश आएपछि ट्रक किन्नेदेखि बाख्रा पाल्नेसम्मको काम गरे । अन्य पेसामा सफल नभएका थापा गाई पालनमा भने सफल भएका हुन् ।
उनले भने, “मैले मासिक एक लाख बढी आम्दानी गर्दै आएको छु मेहनत गरे आफ्नै देशमा पैसा फल्दो रहेछ ।”
गाई पालनबाट पाँच वर्षमा थापाले करिब ५० लाख आम्दानी गर्नुका साथै जिल्लाकै उदाहरणीय किसान बनेका छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)