विराटनगर । झापामा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
आइतबार राति चन्द्रगढीबाट बनियानीतर्फ जाँदै गरेको प्रदेश १–०१–०१२ प ९९३७ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर भद्रपुर नगरपालिका–४ झापा चोकमा दुर्घटना भएको थियो । दुर्घटनामा परेर स्कुटरको पछाडि सवार भद्रपुर–२ का अन्दाजी ३५ वर्षीय अनिल लिम्बूको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका लिम्बूको उपचारका क्रममा प्रादेशिक अस्पताल भद्रपुरमा राति ९ः३० बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । स्कुटर र चालक दमक नगरपालिका–२ का २९ वर्षीय रविन फुयाँललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।
प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल चालक फुयाँल र पछाडि सवार लिम्बू दुवै जनाले मापसे गरेको देखिएको प्रहरीले बताएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)