विराटनगर । जिल्ला कारागार मोरङमा एक सातामै दुई जनाको मृत्यु भएको छ । एक जना थुनुवा र एक जना कैदीको मृत्यु भएको हो ।
आइतबार ठगी मुद्दाका थुनुवा रामेछापको दोरम्बा–सैलुङ गाउँपालिका–२ घर भएका ५४ वर्षीय प्रवीण तामाङको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले जानकारी दिए । उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि तामाङलाई उपचारका लागि शनिबार साँझ विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । उनी २०८१ पुस १६ गते पुर्पक्षका लागि मोरङ कारागार चलान भएका थिए ।
बैशाख १५ गते मोरङको उर्लाबारी नगरपालिका–१ घर भएका कैदी ४३ वर्षीय मित्रकुमार दनुवारको मृत्यु भएको हो । दनुवारलाई जबरजस्ती करणी मुद्दामा अदालतले २५ वर्ष कैद सजाय सुनाएको थियो । उनलाई चैत १३ गते कोशी अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा चैत १५ गते मृत्यु भएको हो । दनुवार २०७८ साल असार ७ गते कारागारमा थिए ।
महिला र पुरुष गरेर ३ सय जना क्षमताको कारागारमा १ हजार ३८ जना कैदीबन्दी छन् । कारागारमा ३ नाबालकसहित १ सय ७ महिला र ९ सय २८ पुरुष छन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)