कोशी लगानी सम्मेलन :४६ परियोजनामा डेढ खर्बको लगानी सम्झौता 

Satya Sanchar सत्य सञ्चार

विराटनगर । कोशी प्रदेश सरकारले पहिलो पटक आयोजना गरेको  प्रदेश लगानी सम्मेलनमा ४६ वटा परियाेजनामा १  खर्ब ५२ अर्ब १६ करोड बराबरको लगानी सम्झौता भएको छ । शुक्रबार  १  खर्ब ५२ अर्ब १६ करोड लागत अनुमान भएका ४६ वटा परियाेजना सञ्चालनका लागि सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना राखिएको थियाे ।

प्रदेश लगानी प्राधिकरणका अनुसार कृषि तर्फ आठ परियोजनामा ३  अर्ब, ऊर्जा तर्फ तीन परियोजनामा आठ अर्ब, ६२ करोड, उद्योग तर्फ १२ परियोजनाका लागि ६६ अर्ब  ८७ करोड, पूर्वाधारका नौ परियोजना तर्फ ३८  अर्ब ४१ करोड, पर्यटनका १० परियोजनाका ३४  अर्ब १९ करोड,  सूचना प्रविधिका दुई परियोजनामा ४७ करोड, फोहोर मैला व्यवस्थापनको ६० करोडको परियोजना सम्झौता भएको हो ।

निजी क्षेत्रका १९ वटा र सार्वजनिक निजी साझेदारीका २७ वटा परियोजना सम्झौता भएको हो । सम्मेलनमा ७१ वटा परियोजना सोकेसिङ गरिएको थियो ।  ति परियोजनाको अनुमानित लागत एक  खर्ब ७३ अर्ब ४९ करोडको थियो ।

समापन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लगानी सम्मेलन सफल भएको बताए ।

प्रकाशित मिति: शनिबार, २० बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.