विराटनगर । कोशी प्रदेश सरकारले अध्यादेशमार्फत ८ वटा ऐन संशोधन गरेको छ । प्रदेश लगानी सम्मेलन अघि ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२’ जारी गर्दै ८ वटा ऐन संशोधन गरेकाे हाे । सरकारले मंगलबार अध्यादेश जारी गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले मंगलबार नै अध्यादेश प्रमाणीकरण गरेका छन् ।
कोशी प्रदेशको लगानी सम्मेलन १८ र १९ वैशाखमा आयोजना हुँदैछ । सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत गर्ने प्रदेश सरकारको तयारी छ ।
निजी क्षेत्रलाई लगानी गर्ने वातावरण तयार गर्न कानुनी जटिलतालाई अध्यादेश मार्फत फुकाइएको कोशी सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए । ‘निजी क्षेत्रलाई अधिकतम सहजताका लागि अध्यादेश मार्फत ऐन संशोधन गरेका छौं,’ उनले भने, ‘लगानीको वातावरण निर्माण गर्न अध्यादेश जारी भएको हो ।’
मन्त्री भण्डारीका अनुसार प्रदेश सरकारले अध्यादेश मार्फत सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरण ऐन २०७६, प्रदेश सहकारी ऐन २०७६, प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ संशोधन गरेको छ ।
प्रदेश भवन ऐन २०७६, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६, प्रदेश पर्यटन ऐन २०७६, कोशी प्रदेश निजी तथा साझेदारी फर्म रजिष्टेशन ऐन २०७७ र प्रदेश वन ऐन २०७७ का केही दफा संशोधन गरिएको छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)