काठमाडौं । आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज पनि वार्ता हुने भएको छ । मंगलबार अबेर रातिसम्म सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको वार्ता सहमति नभएपछि आज पनि बस्न लागेको हो ।
शिक्षक महासंघले सरकार समक्ष ९ बुँदे प्रस्ताव पेश गरेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्बाट पास भएमा शिक्षक महासंघले आन्दोलनको शैली फेर्ने बताएको छ ।
‘हामी सहमतिको नजिक पुगेका छौ । भोलि बिहान महासंघको बैठक बसेर आन्दोलनको मोडालिटीबारे निर्णय गर्छौं,’ महासंघ महासचिव तुलाबहादुर थापाले भने, ‘हाम्रो मागहरू ९ बुँदामा पेश गरेका छौँ। वार्ता भोलि टुंगो लाग्छ ।’
उनका अनुसार माग सम्बोधन भए कक्षा १२ को परीक्षा तोकिएकै समयमा हुनेछ ।
लामो समय सार्वजनिक शिक्षा प्रभावित भएपछि सरकारले माग सम्बोधनका लागि केही तदारुकता देखाए पनि शिक्षकको अडानका कारण सहमति हुन सकेको छैन ।
यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले यिनै विषय समावेश गरेर ७ बुँदे तयार गरेकी थिइन् ।
यी हुन् सहमतिका लागि प्रस्तावित ९ बुँदा :
-विद्यालय कर्मचारी र ईसीडीका शिक्षकको तलब
-सामाजिक सुरक्षा कोष
-दुर्गम भत्ता
-ग्रेड समायोजन
-मर्यादा क्रम
-शिक्षकको उपचारमा छुटको व्यवस्था
-निमावि प्रथम र मावि द्वितीयबीच तलबमा समानता ।
-राहत शिक्षक लगायत ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)