सुनसरी र धनकुटामा ११ सय ४५ किलाे गाँजा बरामद

Satya Sanchar सत्य सञ्चार

विराटनगर । प्रहरीले धनकुटा र सुनसरीबाट एक हजार १ सय ४५ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । साेमबार राति २  वटा सवारी साधन र गाँजासहित ३ जनालाई पक्राउ गरेकाे हाे ।

साेमबार राती धनकुटाको चौबिसे गाउँपालिका– ५ मा ना ५ ख ६१५७ नम्बरको ट्रकमा लोड गरेर राखेको अवस्थामा ९ सय ४६ किलो गाँजा बरामद गरेको हाे ।

गाँजा बरामद भएपछि ट्रकसहित ओसारपसारमा संलग्न भएकाे आराेपमा प्रहरीले चौविसे गाउँपालिका– ५ का मनोज लिम्बुलाई पक्राउ गरेको छ ।

सुनसरीको बर्जु गाँउपालिका– ३ बाट १९९ किलो गाँजासहित दुई जना पक्राउ परेका छन् । प्र १–०२– ००२ च ५१२६ नम्बरको पिकअप लोड गरिएको अवस्थामा १ सय ९९ किलो गाँजा बरामद गरेको हो ।

गाँजा र पिकअपसँगै प्रहरीले ओसार पसारमा संलग्न भएको आरोपमा चालक धनकुटा नगरपालिका– ९ उद्धव भण्डारी र सहचालक सोही स्थानका कबिराज राईलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.