धरानकाे ग्यारेजबाट चोरी भएको बस विराटनगरमा भेटियो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । धरानकाे ग्यारेजबाट चाेरी भएकाे यात्रुबहाक बस विराटनगरमा फेला परेको छ । शुक्रबार बिहान धरान उपमहानगरपालिका –८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १ को ९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर महानगरपालिका – १२ मंगलबारेमा भेटिएको हो ।

बनाउनका लागि ग्यारेजमा राखिएकाे अवस्थामा चाेरी भएकाे बस  खोजी गर्ने क्रममा पाटपूर्जा निकालिएकाे अवस्थामा विराटनगरमा भेटिएकाे हाे । विराटनगर १२ मा भेटिएकाे बसको पाटपूर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा फेला परेको छ ।

चाेरी भएकाे बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।

धरानबाट चोरी भएको बस पूर्वपश्चिम हाइवेमा पर्ने खोर्सानेसम्म पुगेको सीसीक्यामेरामा देखिएको थियो । त्यहाँबाट विराटनगर तर्फ आएकाे देखिएपनि बस फेला परेकाे थिएन् । मंगलबार दिउँसाे मंगलबारेमा वेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.