धरानकाे ग्यारेजबाट चोरी भएको बस विराटनगरमा भेटियो

Satya Sanchar सत्य सञ्चार

विराटनगर । धरानकाे ग्यारेजबाट चाेरी भएकाे यात्रुबहाक बस विराटनगरमा फेला परेको छ । शुक्रबार बिहान धरान उपमहानगरपालिका –८ दुर्गापथस्थित ग्यारेजबाट चोरी भएको प्रदेश १ को ९७४९ नम्बरको बस मंगलबार दिउँसो विराटनगर महानगरपालिका – १२ मंगलबारेमा भेटिएको हो ।

बनाउनका लागि ग्यारेजमा राखिएकाे अवस्थामा चाेरी भएकाे बस  खोजी गर्ने क्रममा पाटपूर्जा निकालिएकाे अवस्थामा विराटनगरमा भेटिएकाे हाे । विराटनगर १२ मा भेटिएकाे बसको पाटपूर्जा भने विराटनगर–६ स्थित गीतादेवी साहले सञ्चालन गरेको कवाडी गोदाममा फेला परेको छ ।

चाेरी भएकाे बसको अगाडिको सिसाको माथिल्लो भागमा सिद्धदेवी यातायात र तल्लो भागमा याक्थुङ यातायात लेखिएको छ ।

धरानबाट चोरी भएको बस पूर्वपश्चिम हाइवेमा पर्ने खोर्सानेसम्म पुगेको सीसीक्यामेरामा देखिएको थियो । त्यहाँबाट विराटनगर तर्फ आएकाे देखिएपनि बस फेला परेकाे थिएन् । मंगलबार दिउँसाे मंगलबारेमा वेवारिसे अवस्थामा बस देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । बस चोरी गर्ने गिरोहको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति: मङ्गलबार, १६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.