सात कठ्ठाकाे लौका खेतीले एक सिजनमा चार लाख आम्दानी

Satya Sanchar सत्य सञ्चार

सुनसरी । सात कठ्ठा जग्गामा लौका खेती गर्दा सुनसरीको गढी गाउँपालिका–५ का अनुरुप उराँवले एक याममा चार लाखसम्म आम्दानी गरेका छन् ।

वार्षिक २० हजारमा सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेका उनले चार लाखसम्म आम्दानी गरेका हुन् ।

उनले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा ५० हजार लगानी भएको उनको भनाइ छ । बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा ५० हजार खर्च भएको भन्दै उनले एक याममा चार लाखसम्म आम्दनी हुने बताए ।

युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे ।

उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदुखेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए ।

लौका सुरुमा प्रतिगोटा ८० मा बिक्री गरेकामा अहिले २० देखि २५ रुपैयाँमा बारीबाटै बिक्री भइरहेको बताए ।

प्रकाशित मिति: मङ्गलबार, १६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.