सात कठ्ठाकाे लौका खेतीले एक सिजनमा चार लाख आम्दानी

Satya Sanchar सत्य सञ्चार

सुनसरी । सात कठ्ठा जग्गामा लौका खेती गर्दा सुनसरीको गढी गाउँपालिका–५ का अनुरुप उराँवले एक याममा चार लाखसम्म आम्दानी गरेका छन् ।

वार्षिक २० हजारमा सात कठ्ठा जग्गा भाडामा लिएर लौकाखेती गरेका उनले चार लाखसम्म आम्दानी गरेका हुन् ।

उनले सात कठ्ठाका जग्गामा पाँच सय लहरा लौका रोपेको जानकारी दिए । ती बिरुवा रोप्दा ५० हजार लगानी भएको उनको भनाइ छ । बीउ, खाद्यमल, पानी, खेती तयारीलगायत खेती र बारी व्यवस्थापनमा ५० हजार खर्च भएको भन्दै उनले एक याममा चार लाखसम्म आम्दनी हुने बताए ।

युवा विदेश पलायन भइरहेको, केही ठगीमा परेको समाचार बाहिर आइरहेका बेला कम लगानीमा चार लाखसम्म आम्दानी हुने भन्दै उनले युवालाई स्वदेशमै स्वरोजगार बन्न आग्रह गरे ।

उराँवले भिरालो जग्गामा तीन महिनादेखि वर्षभरि फल्ने कदुखेतीबाट थोरै लगानीमा धेरै आम्दानी गर्न सफल भएको बताए ।

लौका सुरुमा प्रतिगोटा ८० मा बिक्री गरेकामा अहिले २० देखि २५ रुपैयाँमा बारीबाटै बिक्री भइरहेको बताए ।

प्रकाशित मिति: मङ्गलबार, १६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.