मोरङमा सलाइन पानी उद्योग स्थापना

Satya Sanchar सत्य सञ्चार

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा करिब एक अर्ब लागतमा सलाइन पानी उद्योग स्थापना भएको छ ।

मेडिकल व्यावसायी दिनेश ठाकुर र रञ्जित भगतको लगानीमा एलेक्जा लाइफ साइन्सेस प्रालि स्थापना भएको हो । यो उद्योगले ‘एलेक्जा’ ब्राण्डमा सलाइन पानी उत्पादन गर्नेछ ।

उद्योगले पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी एलभीपी उत्पादन बजारमा पठाउँनेछ । एलभीपी सलाइन १ सय, ५ सय, १ हजार र ३ हजार एमएल गरी ४ प्रकारका बोतलमा बजारमा आउँनेछ । उत्पादन साउनदेखि बजारमा पठाउने तयारी छ । उद्योगसँग मासिक ९ लाख बोतल सलाइन पानी उत्पादन गर्ने क्षमता रहेको अध्यक्षसमेत रहेका ठाकुरले बताए ।

आधुनिक चिकित्सामा बिरामीका लागि सलाइन पानीलाई महत्त्वपूर्ण तत्त्व मानिन्छ । मुखबाट दिइने औषधिभन्दा सलाइन पानीलाई संवेदनशील हुन्छ । एलभीपी सिधै रगतमा पुगेर मुटु र मस्तिष्कसम्म जाने भएकाले गुणस्तरमा कुनै कमीकमजोरी भए ज्यान जोखिममा पर्ने सम्भावना उच्च हुन्छ । सलाइन पानी रगतजत्तिकै शुद्ध हुनुपर्ने चिकित्सा विज्ञानको मान्यता छ । विश्व स्वास्थ्य संगठनको कुशल औषधी उत्पादन (जीएमपी) र अन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्लान्ट स्थापना गरिएको ठाकुरले बताए ।

एलेक्जाले दोस्रो चरणमा सानो परिमाणमा स्मल भोल्युम प्यारेन्टेरल ९एसभीपी० उत्पादन गर्ने छ । एलेक्जाले आफ्नो उत्पादन विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेको छ । ठाकुरले एलेक्जा ब्रान्डको एलभीपी भारत, श्रीलंका, भुटान, यमन लगायत १० देशमा निर्यात हुने सञ्चालकको दाबी छ ।

प्रकाशित मिति: मङ्गलबार, १६ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.