घट्याे सेयर बजार

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । सेयर बजार मापनको परिसूचक नेप्से घटेको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम पनि घटेको छ ।

सोमबार नेप्से परिसूचक १४.५ अंकले घटेर २६४७ अंकमा कायम भएको छ । अघिल्लो दिन १० अर्ब ८७ करोडको कारोबार भएको थियो । सोमबार ८ अर्ब ९१ करोडको कारोबार भएको छ ।

आज ७८ कम्पनीको मूल्य बढ्दा १६७ को घट्यो । समग्र बजार घटे पनि लामो समयपछि फाइनान्स सेक्टरमा आकर्षण देखिएको छ ।

फाइनान्स सबैभन्दा धेरै १.४० प्रतिशतले बढेको छ । व्यापार ०.४२ प्रतिशत बढ्यो । दुई बाहेक अन्य सबै सेक्टर घटेको छ ।

लगानी सेक्टर सबैभन्दा धेरै २.१४ प्रतिशत घट्यो । बैंकिङ ०.६५, विकास बैंक ०.२८, होटल तथा पर्यटन ०.२३, हाइड्रोपावर ०.७५, जीवन बीमा ०.१३, उत्पादन ०.५४, माइक्रोफाइनान्स ०.७६ निर्जीवन बीमा ०.०२ तथा अन्य ०.२१ प्रतिशत घट्यो ।

प्रकाशित मिति: सोमबार, १५ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
भाेटेकाेशी बाढीकाे असर : बंगलादेशमा विद्युत निर्यात राेकियाे, भारत तर्फकाे निर्ताय घट्याे
लाङटाङ जलविद्युत् आयोजनाकाे सुरुङबाट निकालियाे दुई जनाको शव
सुनकाे भाउ ताेलाकाे ३ लाख ४ हजार ९ सय रुपैयाँ
बाढी प्रभावितका लागि जीवन विकासको २५ लाख ५ हजार रुपैयाँ सहयोग
‘गाँजा भेटिएको भ्यान अस्पतालकाे हाेइन’
भोटेकोशी बाढी : मृतककाे संख्या ११२७, पाँच हजार सम्पर्कविहीन
अस्पतालकाे नाम लेखिएकाे भ्यानमा गाँजा बरामद
बेत्रावतीमा एउटै घरमा भेटियाे २४ जनाकाे शव
रसुवागढी जलविद्युत् आयोजनाकाे टनेलमा भेटिएनन् मानिस, फर्कियाे सेनाकाे टाेली
माइखोला–राजदुवाली खण्डमा चल्न थाले साना सवारी
© 2024 Satyasanchar. All Rights Reserved.