चट्याङले पाँच जिल्लामा क्षति

Satya Sanchar सत्य सञ्चार

विराटनगर । हिउँदे वर्षासँगै परेको चट्याङले कोशी प्रदेशको पाँच जिल्लाामा क्षति पुर्याएकाे छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आइतबार र साेमबार संखुवासभा, झापा, भोजपुर, तेह्रथुम र उदयपुरमा चट्याङ लागेर पशुचौपाय मरेका छन् । व्यक्तिकाे घर गाेठमा पनि क्षति पुगेकाे छ ।

संखुवासभाको मकालु गाउँपालिका– ३ मा चट्याङले लागेर १२ वटा भैंसी, ४ वटा गाई र १ वटा गोरु मरेको छ । बैशाख १४ गते दिउँसो वर्षा संगै परेको चट्याङले लागेर चरनमा चरिरहेको अवस्थामा स्थानिय पुष्पलाल भण्डारीको ८ वटा भैसी, एउटा गाई, प्रेम प्रसाद भण्डारीको ४ वटा भैंसी, २ वटा गाई र कृष्ण राईको एउटा गाई र एउटा गोरु मरेको हो ।

झापामा सोमबार दिउँसो १२ बजे हल्दिबारी गाउँपालिका– २ का जयराम मुर्मुको गोठमा चट्याङ पर्दा २ वटा गाई १ वटा बाछी १ वटा बाख्रा र एउटा पाठो मरेको छ ।

भोजपुरको आमचोक गाउँपालिका– ३ का हरि सुवेदीको गोठमा चट्याङ पर्दा एउटा भैंसी र पाँडो मरेको छ ।

तेह्रथुमको लालीगुँरास नगरपालिका– ५ की गीता कार्कीको ३ तल्ले घरमा चट्याङ पर्दा गारो चर्किएको र घरको भित्र रहेको अन्नपात, भाडा वर्तन, लत्ताकपडा जलेको प्रहरीले बताएको छ । कार्कीको गोठमा रहेका २ वटा बाख्रा पनि मरेका छन् ।

उदयपुरको रौतामाई गाँउपालिका– ५ का चक्रबहादुर राईको घरमा चट्याङ पर्दा २ तले घर र एउटा सुंगुरसमेत जलेको छ ।

प्रकाशित मिति: सोमबार, १५ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
तार चोरेको आरोप लगाएपछि विराटनगरमा व्यापारीकाे हत्या, केशलिया खाेलामा फालेकाे आराेपमा तीन जना पक्राउ
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
© 2024 Satyasanchar. All Rights Reserved.