विराटनगर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कन्चनरुप नगरपालिका–१० बदगामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । उदयपुरको गाईघाटबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको यात्रुवाहक बस आइतबार मध्यान्ह दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । दुर्घटनामा २३ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आइतबार दिउँसो प्रदेश १–०१–००१ ख ३४२० नम्बरको बस दुर्घटनामा परेको थियो । इलाका प्रहरी कार्यालय कन्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेका अनुसार बस आफैं अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर सप्तरीको सप्तकोशी नगरपालिका–१ का ७५ वर्षीय रत्नबहादुर मगराती र पहिचान नखुलेका १ पुरुष र १ जना महिलाको मृत्यु भएको प्रहरीले बताएको छ ।
बसमा ३५ जना सवार थिए । तीमध्ये कम्तीमा २३ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर र केहीको मध्यम एवं सामान्य छ ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)