2025-04-26 Final de la Copa del Rey entre FC Barcelona y Real Madrid. Partido disputado en el estadio de La Cartuja . USO EDITORIAL, SOLO DISPONIBLE PARA ILUSTRAR LA NOTICIA QUE ACOMPAÑA (CRÉDITO OBLIGATORIO) FOTO RFEF काठमाडौं । रियल मड्रिडलाई अतिरिक्त समयमा ३– २ गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले स्पानिस कोपा डेल रे को उपाधि जितेको छ ।
बार्सिलोनाको उपाधिका लागि पेड्री, फेरान टोरेस र जुल्स कुन्डेले गोल गरे । रियालका लागि केलिएन एमबाप्पे र औरेलियन चुआमेनीले गोल गरे ।
निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समय थप गरिएको थियो । त्यसको पनि अन्तिम समयमातिर कुन्डेले विजयी गोल गरे ।
खेलमा सुरुवाती अग्रता बार्सिलोनाले लिएपनि रियलले लगातार दुई गोल फर्काउँदै अग्रता लिएको थियो ।
पेड्रील २८औं मिनेटमा लामिन यामलको पासमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । एमबाप्पेले ७०औं मिनेटमा फ्रिकिकमार्फत बराबरी गोल फर्काए ।
चुवामेनीले ७७औं मिनेटमा गोल गर्दै रियललाई २– १ को अग्रता दिलाए । तर, रियलको अग्रता लामो समय टिकेन । फेरान टोरेसले ८४औं मिनेटमा गोल गरेपछि खेल २–२ को रोमाञ्चक स्थितीमा पुग्यो ।
निर्धारति समयमा नतिजा नआएपछि खेलमा ३० मिनेट समयम थप गरिएको थियो । जुल्स कुन्डेले ११६औं मिनेटमा उत्कृष्ट गोल गर्दै बार्सिलोनालाई ३–२ को जित दिलाए । बार्सिलोनाले ३२औं पटक कोपा डेल रे को उपाधि जितेको हो ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,580)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,573)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,286)