विराटनगर । नेकपा (माओवादी केन्द्र) विराटनगर महानगर कमिटीको अध्यक्षमा दिनेशकुमार राजवंशी (देव) निर्वाचित भएका छन् । उनी उपमहासचिव जनार्दन शर्माको प्यानलका उम्मेदवार हुन् । पदाधिकारीको अन्य पदमा शर्माको प्यानल नै विजयी भएको छ ।
शनिबार सम्पन्न निर्वाचनबाट राजवंशीले ४६ मत प्राप्त गरे । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेताले समर्थन गरेकी उम्मेदवार नमिता न्यौपानेले ३५ मत पाइन् ।
गत आइतबार सुरु दोस्रो अधिवेशनले पदाधिकारी चयन गर्न नसकेपछि ८१ सदस्यीय कार्यसमिति चयन गरेको थियो । पदाधिकारी चयनका लागि एक साता सहमतिको प्रयास सफल नभएपछि शनिबार निर्वाचन भएको थियो ।
महानगर उपाध्यक्षमा धर्मलाल राजवंशीले ५८, सनोजकुमार यादवले ४४ र चन्द्रबहादुर वनले ३६ मत ल्याएर विजयी भए । उपाध्यक्षका उम्मेदवार केमुना ओडारी ९शारदा०ले ३३, शिवराज थन्दारले ३३ र सरस्वती ओझाले २१ मत ल्याए ।
सचिवमा सोनु केवट ४२ मतसहित निर्वाचित भए । सचिवका उम्मेदवार मोहमद अजामले ३६ मत प्राप्त गरे । सहसचिवमा दिनेशकुमार कामत ३९ मत सहित निर्वाचित हुँदा सहसचिवका उम्मेदवारहरु भरत गिरीले ३२ र चम्पा खत्रीले ७ मत पाए । कोषाध्यक्षमा मनिष सोनी यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
कोषाध्यक्ष बाहेक पदाधिकारीमा सहमति हुन नसकेपछि अध्यक्ष प्रचण्डको समूहविरुद्ध जनार्दन शर्माको समूहले प्यानल नै अघि बढाएको थियो । मतदानमा ८१ जना सदस्य सहभागि भएका थिए । ती सदस्य दोस्रो अधिवेशनका ३ सय ५६ प्रतिनिधिबाट छानिएका थिए । अधिवेशनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका थिए ।
महानगर अधिवेशनमा मोरङ इन्चार्ज कुलप्रसाद साम्बाले प्रचण्ड पक्षको नेतृत्व गरेका थिए । पूर्वमन्त्री एवं पार्टी केन्द्रीय सदस्य शिवकुमार मण्डलले जनार्दन शर्मा गुटको नेतृत्व गरेका थिए ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,672)
जीवन विकासले बोलायो साधारणसभा (2,621)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,582)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,575)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,438)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,357)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,604)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,579)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,287)