काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले सभामुखलाई दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार बेलुका सांसद राईलाई पक्राउ गरेको थियो । शनिबार नै नै संघीय संसद सचिवालयलाई पत्र पठाएर राईलाई हिरासतमा राखेको जानकारी दिएको हो ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । राई जनजाति कोटाबाट कांग्रेस समानुपातिक सांसद बनेकी हुन् ।
सभामुख देवराज घिमिरेले आज बस्ने संसद बैठकमा सांसद पक्राउकाे जानकारी गराउनेछन् ।
सम्झौता र पवनले रोजेको प्रगतिको बाटो (भिडियाे) (2,435)
जीवन विकासले बोलायो साधारणसभा (2,402)
तेस्रो त्रैमासमा जीवन विकासकाे मुनाफा बढ्यो (2,364)
संविधान दिवसको प्रभातफेरीमा ‘लघुवित्त संरक्षणको नारा’ (भिडियाे) (2,344)
पाकिस्तानले घोषणा गर्याे भारतविरुद्ध प्रत्याक्रमण (2,216)
राेडशेषमा केन्द्र प्रमुख गाेष्ठि तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न (2,153)
कक्षा १२ को परीक्षा लेख्दैछन् ६८ वर्षीय लालबहादुर (1,581)
आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पारित (1,559)
आगामी वर्षलाई भ्रमण वर्ष घोषणा गर्दै कोशी सरकार (1,115)