सभामुखलाई सांसद राई पक्राउको सूचना

Satya Sanchar सत्य सञ्चार

काठमाडौं । नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले सभामुखलाई दिएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार बेलुका सांसद राईलाई पक्राउ गरेको थियो । शनिबार नै नै संघीय संसद सचिवालयलाई पत्र पठाएर राईलाई हिरासतमा राखेको जानकारी दिएको हो ।

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।

सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।

राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । राई जनजाति कोटाबाट कांग्रेस समानुपातिक सांसद बनेकी हुन् ।

सभामुख देवराज घिमिरेले आज बस्ने संसद बैठकमा सांसद पक्राउकाे जानकारी गराउनेछन् ।

प्रकाशित मिति: आइतबार, १४ बैशाख, २०८२
तपाइको प्रतिक्रिया
तपाइकाे मत
शक्तिशाली ‘अर्नब’को प्रभाव कोशीदेखि सुदूरपश्चिमसम्म, तीन दिन सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा जलयात्रा : दुई बाेट पल्टिदा पनि बनेन् कानुन
कांग्रेस मोरङको अधिवेशन : पुस्तान्तरणको एजेण्डासहित राईकाे उम्मेदवारी घाेषणा
दसैँ अवधिमा कोशीमा सवारी दुर्घटना : २२ जनाको मृत्यु, ७४६ घाइते
कृषिकाे नयाँ क्षेत्र रुख टमाटर
बुधबारदेखि वर्षाकाे सम्भावना, सतर्कता अपनाउन आग्रह
सप्तकोशीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु, तीन बेपत्ता
इलाममा जिप दुर्घटना हुँदा एक जनाकाे मृत्यु
धनपालथानमा कुटपिटबाट घाइते पुरुषकाे मृत्यु, एक जना पक्राउ
पर्यटक भिसा दुरुपयोग गरी धार्मिक गतिविधिमा संलग्न २४ कोरियाली नागरिक निष्कासित
© 2024 Satyasanchar. All Rights Reserved.